जीवन विकास लघुवित्तको लाभांश घोषणा

काठमाडौं । जीवन विकास संस्थाले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

लघुवित्त संचालक समितिको फागुन ६ गते बसेको बैठकले सेयरधनीलाई २८ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ९.३६ प्रतिशत नगद गरी कुल ३७.३६ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

लघुवित्तले घोषणा गरेको यो लाभांश अघिल्लो आव २०७७/७८ को तरलनामा झन्डै आधा कम हो । सो आवमा लघुवित्तले ७३.६८ प्रतिशत लाभांश दिएको थियो ।

प्रस्तावित लाभांश नियामक निकाय नेपाल राष्ट्र बैंकको स्वीकृति र कम्पनीको आगामी साधरण सभाबाट पारित भएपछि सेयरधनीले पाउने छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here