विदेशमा खेल्न पाउनुपर्ने माग गर्दै सन्दीप लामिछाने सर्वोच्चमा

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेले विदेशमा पनि खेल खेल्न पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेका छन् बलात्कार आरोप लागेपनि उच्च अदालतको निर्णयले धरौटीमा रिहा भएका लामिछाने पाटन उच्च अदालतले गरेको फैसलाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन गर्न पुगेका हुन।

उच्च अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै सन्दीपलाई २० लाख धरौटीमा ५ सर्तसहित छोडेको थियो। जसमध्ये एउटा सर्त देश वाहिर जान नपाउने पनि हो।

यसविरुद्ध सन्दीपले एक साताअघि सर्वोच्चमा पुनरावेदन गरेको जनाईएको छ। काठमाडौं जिल्ला अदालतले सन्दीपलाई जेलमै राखेर पुर्पक्ष गर्ने आदेश दिएको थियो तर त्यसका विरुद्ध सन्दीपले पाटन उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

पाटन उच्च अदालतको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले पनि सर्वोच्चमा पुनरावेदन गरेको थियो । उसले सन्दीपलाई जेलमै राखेर मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । उक्त पुनरावेदनमा सर्वोच्चले पाटन उच्च अदालतको फैसलाको मिसिल झिकाउने आदेश दिएको थियो ।

उनी नेपाली राष्ट्रिय टीमका महत्वपूर्ण सदस्य हुन् । हाल घरेलु मैदानमा जारी त्रिकोणात्मक श्रृंखलामा उनले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।