ॐकार शक्ति नेपालको शान्तिपूर्ण त्रिशूल पदयात्रा

काठमाडौं । ॐ कारशक्ति नेपालको आयोजनामा शान्तिपूर्ण १ हजार ८ त्रिशूल पदयात्रा गरिएको छ।

सनातन धर्मका विषयमा विभिन्न प्रकारका शंका/उपशंका पैदा भएकाले त्यसको निराकरणका लागि त्रिशुलसहितको धार्मिक पदयात्रा तय गरिएको आयोजक संस्थाले जनाएको छ ।

पदयात्रा सुमार्गी भवन (पशुपति) गौशालाबाट बिहान ११ बजे सुरु भएको थियो। सो क्रममा गौशाला-मित्रपार्क र उमाकुण्ड हुँदै पुन: पशुपतिनाथको प्राङ्गणमा समापन भएको थियो। ‘धर्मो रक्षति, रक्षितः’ को मूल मर्मलाई आत्मसात् गर्दै धर्मको रक्षाबिना कसैको पनि संरक्षण र सुरक्षा सम्भव नहुने सो संस्थाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here