ग्यास लिक भएर विस्फोट हुँदा ८ घाइते, ४ जनाको अवस्था गम्भीर

काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिका-१७ मा ग्यास चुहावट भएर आगलागी हुँदा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

सविता राईको घरमा डेरा गरी बस्ने अञ्जना राईको कोठामा ग्यास चुहावट भएर विस्फोट भएको हो। कोसी ग्यासको सिलिन्डर घरमा ल्याएर जोड्ने क्रममा दिउँसो ग्यास चुहावट भएको थियो। ग्यास लिक भएपछि मानिस बोलाएर मर्मत गर्ने क्रममा ग्यास सिलिन्डर विस्फोट भएको प्रहरीको भनाइ छ।

घाइते हुनेहरूमा घरधनी २७ वर्षीय सविता राई, कोठा भाडामा बस्ने ४२ वर्षीय अञ्जना राई, ६५ वर्षीय रामकुमारी राई, ८ वर्षीय साङ्केन राई, १० वर्षीय सुमिहाङ राई, कोसी ग्यासका प्राविधिक धरान ११ बस्ने १९ वर्षीय अनीश कार्की र सिराहा बन्दीपुर बस्ने १८ वर्षीय वासुदेव खड्का घाइते भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here