स्कटल्याण्डविरुद्ध नेपाल फिल्डिङमा, ललित राजवंशीलाई मौका

काठमाडौं । आइसिसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको अन्तिम खेलमा स्कटल्याण्डविरुद्ध पनि नेपालले टस जितेर फिल्डिङ रोजेको छ ।

आज स्कटल्याण्डलाई पराजित गरे नेपालले लिग–२ को शीर्ष तीनको सम्भावनालाई अझ बलियो बनाउँनेछ ।

नेपाल–स्कटल्याण्डबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा ९ बजेदेखि सुरु हुँदैछ । आजको खेलमा नेपालले एक खेलाडी परिवर्तन गरेको छ ।

स्कटल्याण्डविरुद्ध नेपालले युवा अलराउन्डर गुल्शन झालाई विश्राम दिँदै स्पिनर ललितनारायण राजवंशीलाई मौका दिएको हो । शृंखलामा तीन खेलमध्ये दुईमा जित निकालेको छ ।

पहिलो खेलमा नामिबियालाई १० विकेटले पराजित गरेको स्कटल्यान्ड दोस्रो खेलमा भने नेपालसँग तीन विकेटले पराजित भएको थियो । तेस्रो खेलमा स्कटल्यान्डले सोमबार नामिबियालाई पुनः ४३ रनले पराजित गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here