नेपाली चलचित्र ‘द बीस्ट’को निर्माण हुँदै, सह-निर्मातामा बरुण अधिकारी

काठमाडौं । वाईल्ड ईन्टर्टेन्मेन्ट र क्याराभान फिल्म प्रोडकशन एन्ड फिल्म फेस्टिवलको संयुक्त निर्माणमा मेघा प्रोजेक्ट नेपाली अमेरिकन चलचित्र ‘द बिस्ट’ निर्माणका लागि छायाकंनको तयारीमा लागेको छ ।

च्याप्टर १ र २ गरी दुई चलचित्रको निर्माण गर्न लागेको प्रोजेक्टमा सपना बुनेर सुन्दर भविश्यको खोजीका लागि जन्मभुमी नेपालको माया त्यागेर परिवारको बिछोडमा आंशु बहाउंदै दलालहरुको चक्रब्युहमा भारत, दुबई, कोलम्बिया, पनामा र मेक्सिको हुंदै अमेरिका छिर्न लाखौंको ॠणको भार बोकेर पातमा जिन्दगी राखी भाग्यलाई बन्दकी बनाउनेहरुको कथामा आधारित हुनेछ भाग एक।

चलचित्रको भाग दुईमा तिनै सपनाहरु अमेरिका र मेक्सिकोको सिमामा भोगिने बिजोक, अमेरिका छिर्न गर्नुपर्ने कष्ट, अमेरिकाको अध्यागमन बिभागमा खेप्नुपर्ने कानुनी अड्चन एवम झमेलाहरुको वास्तविक कथा समेटिनेछ ।

चलचित्रमा सुयोग्य कलाकारहरुको चयनका लागि निर्माण समुह अहिले लागि परेको छ । चलचित्रमा मुख्यतया नेपाली कलाकारहरुको साथमा अमेरिकन, भारतीय, पाकिस्तानी, अफ्रिकन, अरेबिन र स्पेनीश कलाकारहरुको चयन क्रम अघि बढेको छ ।

चलचित्र हिन्दी, अरेबिन स्पेनीश र अंग्रेजी भाषामा पनि डबिङ हुने चलचित्रको छायाकंन आगामी जुलाई महिनादेखी शुरु हुनेछ । दिल श्रेष्ठ र सुर्य एन श्रेष्ठको संयुक्त निर्देशनमा निर्माण हुने चलचित्रमा थुप्रै देशका एनआरएनए राष्ट्रीय समितिहरुको संयोजन र सहयोग रहने जनाईएको छ । सुन्दर भविश्य र पारिवारिक सुखका लागि सपना बुन्दै दिनरात नभनी जंगल-जंगल दलालहरुको स्वार्थले अबैधानिक बाटो छिचोल्दै परदेशिएका र ज्यान गुमाएकाहरुको यथार्थ चित्र चलचित्रमा रहनेछ ।

को-को छन, चलचित्र निर्माण टीममा ?

चलचित्रको निर्मातामा सरिता श्रेष्ठ र दिनेश शाह रहेका छन भने सह-निर्मातामा बरुण अधिकारी रहेका छन् । निर्देशनमा दिल श्रेष्ठ र सुर्य एन श्रेष्ठ रहेका छन । निर्देशक सुर्य एन श्रेष्ठ प्रवासबाट बनेको नेपाली ब्यवसायिक सफल चलचित्र ‘लाईफ इन एलए’ का निर्देशक हुन ।

अर्का निर्देशक दिल श्रेष्ठ बिगत लामो समयदेखी अमेरिकामा रहेका सफल व्यवसायी हुन । ब्यवसायको साथमा सिनेमा नगरी हलिवूडमा निर्देशन अध्ययन गरेका श्रेष्ठद्दारा निर्देशित चलचित्र ‘द ट्रेजन’ अडियन्स र ‘बेस्ट एक्टर’ अवार्ड जित्न सफल थियो ।

२०५० सालदेखी नेपाली चलचित्र क्षेत्रमा लागेका श्रेष्ठ एनआरएनए अमेरिकाका पुर्व सह-कोषाध्यक्ष हुन । चलचित्र नगरी हलिउड लस एन्जलसलाई कर्मथलो बनाएका निर्देशक श्रेष्ठ लस एन्जलसका बिभिन्न सामाजिक संस्थाहरुमा आवद्ध रहंदै एनआरएनए आईसिसी सदस्यका रुपमा समेत काम गरिसकेका व्यक्तित्व र समाजसेबी हुन ।

नेपालमा बनेको चलचित्र नेपालमा नचलेको अवस्थामा यो चलचित्र प्रवासबाट बनेर प्रवासबाटै आफ्नो लगानी उठाउने र अर्को नेपाली ब्यवसायिक सफल चलचित्र बन्ने कुरामा निर्माण पक्ष ढुक्क छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here