२१२ रनमै समेटियो स्कटल्याण्ड, सन्दीप र करणको उत्कृष्ट बलिङ

काठमाडौं । नेपालले विश्वकप लिग २ मा स्कटल्यान्डविरुद्धको खेल जित्न २ सय १३ रनको लक्ष्य पाएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले ४६.१ ओभरमा सबै विकेट गुमाएर २ सय १२ रन बनायो । उसका लागि जर्ज मुन्शेले अर्धशतकीय पारी खेले ।

५० बलको सामना गरेका उनले ९ चौका र २ छक्कासहित ६० रन बनाए । त्यस्तै, म्याथ्यू क्रसले ४२, ब्रान्डन म्याकमुलेनले ३१, क्रिस्टोफर म्याकब्राइड र कायल कोट्जरले २२–२२ रन जोडे ।

नेपालका लागि प्रमुख बलर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले १० ओभरमा ४५ रन दिएर महत्वपूर्ण ४ विकेट लिए ।

सन्दीपले कायल कोट्जर (२२), जर्ज मुन्शे (६०), कप्तान रिची बेरिङ्टन (०) र टमस म्याकिन्टोस (१) को विकेट लिएका हुन् । झण्डै ६ महिनापछि मैदान फर्किएका उनले यो सिरिजमा ४ खेलमा १३ विकेट लिए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ४५ रन खर्चेर ४ विकेट लिए । उनले यसअघिका तीन खेलमा ३-३ विकेट लिएका थिए । लिग टु मा सन्दीपले ५५ विकेट लिएका छन् र सर्वाधिक विकेट लिनेमा तेस्रो स्थानमा छन् ।

करण केसीले ८.१ ओभरमा ४२ रन खर्चेर ३ विकेट लिए । ललित राजवंशी र कुशल मल्लले समान १ विकेट लिए । राजवंशीले १० ओभरमा १ मेडन राख्दै ३३ रन मात्र खर्चिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here