एनआईसी एशिया क्यापिटलको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

काठमाडौं,९ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् ।

सोमबार बसेको कम्पनीको संस्थापक एनआईसी एशिया बैंकको बैठकले लघुवित्तको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी र सदस्यमा दिनेश भारीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि गत शुक्रबारको सञ्चालक समितिको बैठकले दुबै जनालाई उक्त पदका लागि मनोनयन गरेको थियो ।

नवनियुक्त सञ्चालक (अध्यक्ष) सन्तोष कुमार राठीले सोमबार गते प्रचलित कानून तथा नियमानुसार नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक डा गुणाकर भट्टसमक्षशपथ ग्रहण गरेका हुन् । साथै सोहि दिनबाटै पद बहाल गरेका छन् ।

यस्तै सञ्चालक दिनेश भारीले संस्थाका अध्यक्ष सन्तोष कुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाल गरेका छन् । सन्तोष कुमार राठी र दिनेश भारी हाल एनआई एशिया बैंकमा क्रमशः नायव प्रमुख कार्यकारी अधिकृत र प्रमुख कानून अधिकृतमा कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here