जंगली हात्तीको आतंकले ‘अनिंदो रात’को पीडामा बडुवाल टोल

पप्पु गुरुङ्ग

दोधारा । दोधारा चाँदनी नगरपालिका–३ का स्थानीयहरु रातीको समयमा आनन्दले सुत्न पाउदैनन् । दिन भरि काममा थाकेर आराम गर्नका लागि घर आउनेहरु आराम गर्ने सपना करिब एक महिनादेखि पूरा भएको छैन ।

कारण एउटै हो, जंगली हात्तीको आतंक । दोधारा चाँदनी नगरपालिका वडा नं. ३, बडवाल टोल भारतीय जंगल संग जोडिएको बस्तीमा दैनिकरुपमा रातीको समयमा निस्कने जंगली हात्तीको आतंकले हैरानहुँदै आएका छन् ।

बडवाल टोलका लागि यो कुनै नौलो कुरा भने हैन् । जगबुडा नदीको पारि तथा भारतको उत्तराखण्डको भारतीय जंगल संग जोडिएको करिब तीन सय बढी घरधुरी स्थानीयवासीलाई दिनभरि काम गरेर राती आराम गर्ने बेलामा हात्ती धपाउनुपर्ने बाध्यता रहेको छ् ।

जंगली जनावरको आतंक र आक्रमणको त्रासका कारण रातभर जाग्राम बस्नु परेको बडवाल टोलका लक्ष्मी राना क्षेत्रीले बताइन् । हात्तीको बथान आएर घरमा तोडफोड गर्नुका साथै स्थानीयवासीको बाली र मौका परेको बेला मानवीय क्षति समेत गर्ने भएका कारण आफूहरु रातभर जाग्राम बस्न बाध्य भएको उनि बताउँछिन् ।

‘बाली नाली भएको बेला रातभरी सुत्न पाईदैन’ स्थानीय लक्ष्मी क्षेत्रीले भनिन् । केही वर्ष अघि सोलार फेन्सीङ र सौंर्य बत्ती बिग्रिएपछि जंगली जनावर निर्बाधरुपमा बस्ती पस्ने गरेको र बस्तीमा आतंक मच्चाउने गरेको स्थानीयहरुको भनाइ छ ।

मध्यरातमा आउने जंगली हात्तीका कारण आफूहरु ठूलो समस्यामा पर्दै आएको गुनासो छ् । रातीको समयमा हात्तीले सुतेको नजिक आएर बितण्डा मच्चाउने गरेका कारण रातीको समयमा ज्यान जोगाउन समस्या भएको आशा राना क्षेत्रीले बताए । हात्तीले एक दर्जन भन्दा बढीको गहुँ खेती खाएर तथा उधनेर नष्ट गरेको छ उनले भने । बडवाल टोलमा सरकारले समस्या समाधान गर्न उदासीन देखाउदै आएको स्थानीयवासीले बताएका छन् ।

‘सरकारले जनताको जिउ धनको सुरक्षाको ग्यारेन्टी लिनु पर्छ’ आशा राना क्षेत्रीले भने– ‘यहाँ त हामीलाई कतिबेला राती हात्तीले ज्यान लिने हो भन्ने हामीमा त्राश छाएको छ् ।’

साँझ बस्ती भित्रिएको जंगली हात्तीको बिहान मात्रै जंगल फर्केको बताएका छन् । हात्तीले गाउ पसेर बाली खाने, कुल्चिदिने, नष्ट गरीदिने गरेको भएपनि त्यसलाई रोक्न सरोकारवालाले खासै ध्यान नदिएको उनिहरुको गुनासो छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here