प्रधानमन्त्रीले दिए नेपाली क्रिकेट टिमलाई बधाई

काठमाडौं । नेपालले स्कटल्याण्डमाथि रोमाञ्चक जित निकाल्दै घरेलु मैदानमा सम्पन्न आईसीसी विश्वकप लिग टू अन्तर्गत एक दिवसीय त्रिकोणात्मक सिरिज नेपालले क्लीन स्वीप गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बधाई दिएका छन् ।

सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन्, ‘आईसीसी क्रिकेट विश्वकप लिग टू च्याम्पियन स्कटल्यान्डमाथि २ विकेटको रोमाञ्चक जित हात पार्दै घरेलु मैदानमा भएको सिरिज क्लीन स्वीप गरेकोमा नेपाली टिमलाई हार्दिक बधाइ ज्ञापन गर्दै सम्पूर्ण खेलाडीहरूको निरन्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here