काठमाडौं । नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुरास्थित गण्डक नहरमा दुई छोरा लिएर हाम फालेकी आमासहित तीनै जना मृत भेटिएका छन्।
नवलपरासीको सुस्ता गाउँपालिका-२ हरकपुराकी २९ वर्षीया प्रतिमा थारूले ९ वर्षीय क्रिस र ७ वर्षीय सुमितलाई लिएर गण्डक नहरमा हाम फालेकी थिइन्। उनका श्रीमान् वैदेशिक रोजगारीमा छन्। आत्महत्याबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।