लिभरपुल च्याम्पियन्स लिगको इतिहासमै घरेलु मैदानमा पाँच गोल खाने पहिलो टिम

एजेन्सी । च्याम्पियन्स लिग अन्तर्गत लेग वान मा स्पेनिस क्लब रियल मड्रिडले इङलिस क्लब लिभरपुलविरुद्ध५–२ गोलको सानदार पुनरागमन जित निकालेको छ ।

पहिलो हाफ रोमाञ्चक बराबरीमा सकिएको खेलको दोस्रो हाफमा पाउना टिम लिभरपुलमाथि हाबि भएको थियो । पराजित भएसँगै लिभरपुल च्याम्पियन्स लिग इतिहासमा घरेलु मैदानमा पाँच गोल खाने पहिलो टिम बनेको छ ।

भने, रियल २ गोल खाएपछि पुनरागमन गर्दै तीन गोल मार्जिनले जित्ने पहिलो टिम बनेको छ । दोस्रो लेग मार्च १६ मा रियलको घरेलु मैदानमा हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here