पल शाहलाई कारागारभित्रै जन्मदिन मनाउन अनुमति

तस्वीर : पूजा शर्माको फेसबुकबाट

तनहुँ जिल्ला कारागारमा रहेका अभिनेता पलशाहलाई कारागार प्रशासनले आफन्त र केही साथीभाइको उपस्थितिमा केक काटेर जन्मदिन मनाउन अनुमति दिएको छ ।

जन्मदिनको शुभकामना दिन अभिनेत्री पूजा शर्मा, निर्देशक शोभित बस्नेत र संगीतकार योगेशकाजी कारागारमै पुगेका छन् । सामाजिक सञ्जालमा फ्यान र निकट फिल्मकर्मीले शुभकामना दिइरहेका छन् ।

पललाई तनहुँ जिल्ला अदालतले जबर्जस्ती करणीको मुद्दामा सफाइ दिइसकेको छ । नवलपुर जिल्ला अदालतले बालयौन दुव्र्यवहारको मुद्दामा सुनाएको साढे दुई वर्ष जेल सजाय काटिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here