सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

काठमाडौं । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसमा आममाफी दिएको गृहमन्त्रालयबाट प्राप्त पत्र प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले पढेर सुनाएका थिए ।

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो । फरार सूचीमै रहेका बेला चुनाव लडेका उनी विजयी भएका थिए ।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई १९ गते प्रहरीले पक्राउ गरेको थियो । नागरिक उन्मुक्तिका सांसद चौधरी पक्राउपछि निलम्बनमा थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here