कानूनी अड्चन हटाएर सन्दीपलाई युएई लैजान राखेपलाई क्यानको पत्राचार

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले युएईमा हुने श्रृंखलामा सन्दीप लामिछानेलाई सहभागी गराउन पहल थालेको छ। क्यानको पत्रपछि राखेपले अदालतसमक्ष आग्रह गरेर विदेश पठाउने बाटो खुला हुने विश्वास क्यानले लिएको छ।

योसँगै सन्दीपको तर्फबाट समेत खेल्न विदेश जान पाउनुपर्ने माग राख्दै सर्वोच्चमा रिट दायर गर्ने तयारी भएको छ।

घरेलु मैदानमा भएको त्रिकोणात्मक श्रृंखलामा उत्कृष्ट प्रदर्शन गरेका सन्दीप लामिछाने पाटनले धरौटीमा रिहा गर्दा लगाइएको सर्तले देश बाहिर जान पाउने छैनन्। तर, कानूनी बाधा हटाएर उनलाई युएईमा लैजान क्यानले पहल थालेको हो।

क्यानले राखेपलाई लेखेको पत्रमा लामिछानेलाई राष्ट्रिय टिमबाट विदेश भ्रमणका लागि अदालतसँग अनुमति माग्न आग्रह गरिएको छ। नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत फागुन १५ गतेदेखि २२ गतेसम्म यूएई र पपुवा न्युगिनीसँग शृङ्खला खेल्दैछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here