आत्मनिर्भर लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १ करोड ६९ लाख ७५ हजार ५०० रुपैयाँ बराबरको १ लाख ६९ हजार ७५५ कित्ता सेयर विक्रीमा ल्याएको छ ।

आइपीओमा फागुन १५ गतेसम्म आवेदन दिन पाइने छ । सो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा ढिलामा फागुन २५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सनराइज लिमिटेड रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here