राष्ट्र बैंकले अंकुश लगाएपछि लघुवित्तको शेयर मूल्यमा पहिरो

काठमाडौं । लाभांश वितरणमा राष्ट्र बैंकको कडाइपछि शेयरमूल्य उच्च भएका लघुवित्तमा नकारात्मक सर्किट लागेको छ।

साताको अन्तिम कारोबार दिन जीवन विकास लघुवित्त, महिला लघुवित्त र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो।

नेपाल राष्ट्र बैंकले बुधबार ‘नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरिएको एकीकृत निर्देशन, २०७८’ मा संशोधन गर्दै कर्जा लगानी र लाभांश वितरणमा कडाइ गरेसँगै लघुवित्त कम्पनीहरुको शेयर मूल्यमा भारी गिरावट आएको हो ।

शेयरबजारमा सूचीकृत १३ समूहमध्ये सबैभन्दा धेरै लाभांश दिने लघुवित्त कम्पनीहरु माथि राष्ट्र बैंकले अंकुश लगाएपछि शेयर बेच्नेको ओइरो लागेको छ भने खरिद कर्ता नगन्य रहेका छन् ।

राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ५० प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्नेछ व्यवस्था गरेको छ।

त्यसैगरी वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको १० प्रतिशतले हुने रकम संस्थागत सामाजिक उत्तरदायित्व कोषमा थप जम्मा गर्नुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here