सेलेना गोमेज इन्स्टाग्राममा सर्वाधिक पछ्याइने महिला

काठमाडौं । हलिउड अभिनेत्री तथा गायिका सेलेना गोमेज इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएको महिला बनेकी छन् । गोमेज सेलिब्रेटी काइली जेनरलाई उछिन्दै दोस्रोपटक शीर्षस्थानमा उक्लिएकी हुन् । यसअघि पनि सेलेना गोमेज लामो समयसम्म धेरै पछ्याइने महिलाको अग्रस्थानमा थिइन् ।

पछी उनलाई त्यतिबेला काइलीले उछिनेकी थिइन् । ३० वर्षीया गोमेज पप स्टार हुन् । बिहीबारसम्म काइलीलाई इन्स्टाग्राममा ३८ करोड ४ लाख आठ हजार २७४ जनाले पछ्याएका छन् । यता सेलेनालाई पछ्याउनेको संख्या सोही अवधिसम्म ३८ करोड ८ लाख ५३ हजार २९३ पुगेको छ ।

गोमेज र जेनरपछी इन्स्टाग्राममा सबैभन्दा धेरै फलो गरिएका महिला सेलिब्रेटीमध्ये ३५७ मिलियन फलोअर्स भएका एरियाना ग्रान्डे, ३४६ मिलियन फलोअर्स भएका किम कार्दसियन र २९३ मिलियन फलोअर्स भएका बियोन्से समावेश छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here