पुरानो गठबन्धन ब्यूँतिने ओलीलाई डर,भन्छन्-‘राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नै मिल्दैन’

काठमाडौं । पुरानो गठबन्धन ब्यूँताउनका लागि कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपाको बैठक विहीबार साँझ बस्दैछ ।

राष्ट्रपतिको विषयलाई लिएर पुरानो गठबन्धन एकआपसमा जुटेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मनमा चिसो पसेको छ ।

ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्नै नमिल्ने बताएका छन् ।

माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग संवाद अघि बढाएपछि एमाले अध्यक्ष ओलीले उक्त प्रतिक्रया दिएका हुन् । अध्यक्ष अ‍ोलीले १० पुसमा नै प्रचण्डले एमाले उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सम्झौता गरिसकेको बताउँदै कांग्रेसलाई समर्थन गर्न नमिल्ने दाबी गरे ।

‘उहाँले (प्रचण्ड)ले सपोर्ट गर्दै गर्नुहुन्न, गर्नै मिल्दैन किनभने हामीसँग सम्झौता पुस १० गते नै गर्नु भएको छ,’ उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here