त्रिविमा शुक्रबार शोक बिदा, परीक्षा चल्ने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि सेवा आयोगका पूर्वअध्यक्ष प्राध्यापक चूडाराज उप्रेतीको फागुन ८ मा भएको निधनमा शोक व्यक्त गर्दै फागुन १२ गते शुक्रबार शोक बिदा दिने निर्णय गरेको छ।

पूर्वनिर्धारित परीक्षाहरू यथावत् सञ्चालन हुने गरी त्रिवि केन्द्रीय कार्यालयलगायत सबै आंगिक क्याम्पस तथा कार्यालयहरूलाई शोक बिदा दिने निर्णय भएको रजिष्ट्रार कार्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले विज्ञप्ति निकालेर जानकारी गराएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here