शैक्षिक अवस्था सुुधारका लागि विद्यार्थीसँग मेयर लिम्बुको प्रत्यक्ष अन्तरक्रिया

पप्पु गुरुङ्ग

दोधारा । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले विद्यार्थीसँग अन्तक्रिया गरेका छन् । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले जनज्योती माध्यमिक बिद्यालयका बिद्यार्थी संग एक दिने अन्तरक्रिया सम्पन्न गरेका हुन् । दोधारा चाँदनी नगरपालिका वडा नं. ८ स्थित रहेको जनज्योती माध्यमिक बिद्यालयमा अध्यनरत कक्षा ८, ९ र १० का बिद्यार्थीहरु संग एक दिने अन्तरक्रिया सम्पन्न गरेको जनज्याती माध्यमिक बिद्यालयका प्रअ अमर बहादुर बिकले जानकारी दिएका छन् ।

दोधारा चाादनी नगरपालिकामा रहेका माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग एक दिने छलफल गर्ने कार्यक्रम अनुरुप आज दोधारा चाँदनी नगरपालिका– ८ मा रहेको जनज्याती माध्यमिक बिद्यालयका बिद्यार्थीहरु संग अन्तरक्रिया गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रतिनिधी तथा खरिदार राजु गुरुङ्गले जनाएका छन् । कार्यक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर, जनज्योती माध्यमिक बिद्यालयका प्रअ अमर बहादुर बिक, शिक्षक अभिभावक संघका सदस्य हस्त बहादुर खत्री, शिक्षक तथा बिद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

कार्यक्रममा बिद्यालयमा रहेको समस्या र त्यसका निराकरणको लागी के गर्नु पर्छ भन्ने बिषयमा बिद्यार्थी र मेयर लिम्बु बिच छलफल गरिएको छ् । बिद्यार्थीहरुले बिद्यालयमा भएका समस्या र समाधानको निम्ती गर्ने कार्यको बारेमा दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुलाई सुनाएका थिए । बिद्यालयमा खानेपानीको समस्या, शौचालयको सरसफाई, शिक्षक दरबन्दी, बिद्यालयमा पर्खाल, सिसीटिभी क्यामेरा लगाएत समस्या रहदै आएको बिद्यार्थीहरुले दोधारा चाँदनी नगरपालिकाका मेयर लिम्बुलाई सुनाए ।

बिद्यार्थीहरुले बिगतका तुलनामा बिद्यालयले प्रगती गर्दै आएपनि बिद्यालयलाई समय सापेक्ष आधुनिकरण गर्न नसकिएको गुनासो मेयर किशोर कुमार लिम्बुलाई बिद्यार्थीहरुले बताए । दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुले बिद्यार्थीहरुको समस्यालाई आत्मसाथ गर्दै बिद्यालयका रहेको भनिएको कतीपय समस्या बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारीले गर्ने देखिएको र केही बिद्यालयका समस्या नगरपालिका कार्यालयले गर्नु पर्ने रहेको बताएका छन् । बिद्यालयहरुले सुनाएको समस्या समय सान्द्रभिक रहेको बताउदै दोधारा चाँदनीका मेयर लिम्बुले बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी संग छलफल र सहकार्य गर्दै बिद्यार्थीहरुले औल्याएको समस्या निराकण गर्नेमा दोधारा चाँदनी नगरपालिका कार्यालय प्रतिबद्ध रहेको बताएका छन् ।

कार्यक्रममा बिद्यार्थीहरुले बिद्यालय हाता भित्र मोवाईल फोनको प्रयोग नगर्ने र अनिवार्य बिद्यालय पोशाक लगाएर बिद्यालयमा उपस्थिती हुने मेयर किशोर कुमार लिम्बु समक्ष बिद्यार्थीहरुले प्रतिबद्धता जाहेर गरेका छन् । आफ्ना मेयर संग प्रत्यक्ष भेट गरि समस्या राख्न पाएको बिद्यालयका एक बिद्यार्थी आशिका रोकाया खुशी ब्यक्त गरेका छन् । आफुहरुको समस्यालाई सुनाउन पाएकोमा मेयर लिम्बुलाई आशिका रोकायाले धन्यबाद दिदै बिद्यार्थीहरुले राखेका समस्या चाडै हल हुनेमा आफु ढुक्क भएको बिद्यार्थी आशिका रोकायाले बताएका छन् ।

जनज्योती माध्यमिक बिद्यालयका प्रअ अमर बहादुर बिकले दोधारा चाँदनीका मेयरको बिद्यार्थी संग प्रत्यक्ष सम्वाद कार्यक्रम निकै समय सान्द्रभिक भएको बताएका छन् । उनले यस्तो कार्यक्रमले नगर क्षेत्रको शैक्षिक सुधारमा टेवा पुग्ने बिश्वास लिएका छन् । ‘मेयर सा’वको बिद्यार्थीहरु संग प्रत्यक्ष सम्बादले शैक्षिक अवस्था सुधार्न निकै सहयोग पुग्ने छ्’ जनज्योती माध्यमिक बिद्यालयका प्रअ अमर बहादुर बिकले भने ।

दोधारा चाँदनी नगरपालिका कार्यालयको नगर स्तरिय कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका स्थित रहेको ७ वटा माध्यमिक तहका सामुदायिक बिद्यालयमा नगर प्रमुख र बिद्यार्थीको बिच प्रत्यक्ष अन्तरक्रिया संचालन रहेको बताईएको छ् ।

यस अघि दोधारा चाँदनी– ७ स्थित रहेको लक्ष्मी माध्यमिक बिद्यालयमा मेयर र बिद्यार्थीको बिच एक दिने अन्तरक्रिया सम्पन्न भईसकेको छ् । नगर प्रमुख र बिद्यार्थीको बिच प्रत्यक्ष अन्तरक्रियाले शिक्षा क्षेत्रमा रहेको समस्यालाई निराकरण गर्दै बिद्यार्थीको उज्वल भविष्य निमार्णमा सहजता हुने अपेक्षा गरिएको छ् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here