केपी ओली कप:सातदोबाटो सेमिफाइनलमा, पुलिस बाहिरियो

काठमाडौं । नेपाल पुलिस क्लबलाई २–१ ले हराउँदै सातदोबाटो युथ क्लब केपी ओली कपको सेमिफाइनलमा प्रवेश गरेको छ । सातदोबाटोलाई जित दिलाउन दुवै गोल दीपकराज सिंह ठकुरीले गरे ।

पुलिसका प्रविन थापाले गोल फर्काए पनि टिमको हार टार्न सकेनन् । प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार पाउनेछ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीले एक लाख रुपैयाँ नगद पुरस्कार जित्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here