अव्यवस्थित इण्टरनेट र टेलिफोनका तार हटाउन ललितपुर महानगरको ७ दिने ‘अल्टिमेटम’

फाइल तस्विर

काठमाडौं । ललितपुर महानगरपालिकाले अव्यवस्थित रूपमा राखेका इण्टरनेटका तार हटाउन सेवा प्रदायक संस्था र नेपाल टेलिकमलाई निर्देशन दिएको छ ।

यस्ता अव्यवस्थित तारहरूले महानगरलाई स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको हो भने ७ दिनभित्र सम्बन्धित निकायले ती तारहरू नहटाए महानगरले कारबाही गर्ने भएको छ ।

यस्ता तारहरूले महानगर क्षेत्रलाई कुरूप बनाएको तथा सुन्दर र स्मार्ट सहर बनाउने अभियानमा चुनौती थपिएकोले त्यस्ता तार हटाउन निर्देशन दिइएको महानगरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here