मकवानपुरमा जंगली हात्तीले लियो एक सातामै दुई जनाको ज्यान

काठमाडौं । जंगली हात्तीको आक्रमणमा परी घाइते भएका बकैया गाउँपालिका–५, पावसका ५० वर्षीय जनकलाल माझीको उपचारको क्रममा मृत्यु भएको छ ।

बिहीबार राति ९ बजेको समयमा घर नजिकै बाख्रा खोरमा जाँदै गरेका माझी हात्तीको आक्रमणमा परी घाइते भएका थिए ।

यसअघि गत सोमबार हात्तीको आक्रमणमा परी मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेकी ६४ वर्षीया राधा अधिकारीको मृत्यु भएको थियो ।

यसैगरी बुधबार राति हेटौंडा–१८, मानेडाँडामा पनि हात्तीको आक्रमणमा परी ३० वर्षीय देव वाईवा घाइते भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here