सरकारले तोक्यो गहुँको समर्थन मूल्य

काठमाडौं । सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ सय ५१ रूपैयाँ निर्धारण गरेको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here