सौराहामा जंगली हात्तीको आक्रमणबाट विदेशी नागरिकको मृत्यु

काठमाडौं । सौराहा नजिकको जंगलमा हात्तीको आक्रमणबाट एक जना विदेशी नागरिकको मृत्यु भएको छ ।

सौराहाको सरकारी हात्तीसारबाट दक्षिण ६ सय मिटर पर शुक्रबार मध्याह्न उक्त घटना भएको थियो । मृतकको उमेर अन्दाजी ३० वर्ष रहेको र साथमा इजरायली ड्राइभिङ लाइसेन्स भेटिएको चितवन प्रहरीले जानकारी दिएको छ ।

उनी टिकट नकाटी एक्लै निकुञ्ज भित्र छिरेको पाइएको बुझिएको छ। थप अनुसन्धान भइरहेको निकुञ्जले जानकारी दिएको छ ।

चालू आवको छ महिनामा चितवन निकुञ्जमा वन्यजन्तुको आक्रमणबाट ८ जनाको मृत्यु भएको निकुञ्जले जनाएको छ। त्यसमध्ये हात्तीको आक्रमणबाट मात्रै दुई जनाको ज्यान गएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here