राष्ट्रपति निर्वाचनको लागि गठबन्धन फेरिँदा यस्तो देखियो मतभार,कसको कति ?

काठमाडौं । राष्ट्रपति निर्वाचनमा आठ दलीय गठबन्धनका उम्मेदवार भारी मतका साथ विजयी हुने देखिएको छ । प्रतिनिधिसभाका आठ दलले राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

राष्ट्रपति चुनावमा संघीय संसदका सदस्य र प्रदेशसभाका सदस्यले मतदान गर्न पाउँछन् । संघीय सांसदको मतभार ७९ र प्रदेश सांसदको मतभार ४८ गणना हुन्छ ।

यसअनुसार आठदलीय गठबन्धनको मतभार ३१,५०० पुग्छ । जुन कुल मतभारको ५० प्रतिशतभन्दा धेरै हो ।

राष्ट्रपति निर्वाचित हुन करिब साढे २६ हजार मतभार आवश्यक पर्छ । कांग्रेस १६,२२१,माओवादी ७,७२८,जसपा २,०९७,नेकपा एस २,४७८,जनमत१,२४२,लोसपा ८,२७,नाउपा ७६५,राजमो १५८,एमाले १५,२८१,रास्वपा १,५८०,राप्रपा २,२१०,नेकिपा २२३,हाम्रो नेपाली ९६ स्वतन्त्र १,२८७ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here