कांग्रेसको कार्यसम्पादन समिति बैठक बस्दै, राष्ट्रपति पौडेल कि सिटौला ?

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपति उमेदवार आज टुंगो लगाउन बिहान साढे ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसमा दुई नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाको राष्ट्रपतिमा दाबी रहेको छ । केही नेताले सभापति शेरबहादुर देउवा नै उमेदवार बन्नुपर्ने धारणा राख्दै आएका छन् ।

तर, सभापति देउवाले आफू राष्ट्रपतिमा नउठ्ने बताइसकेकाले पौडेल र सिटौलामध्ये एकजनाको नाम बैठकले छनोट गर्ने कांग्रेस नेताहरूले बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here