इंग्ल्यान्डलाई हराउँदै दक्षिण अफ्रिका पहिलो पटक फाइनलमा

एजेन्सी । घरेलु टोली दक्षिण अफ्रिकाले पहिलो पटक महिला टी-२० विश्वकपको फाइनलमा स्थान बनाउन सफल भएको छ।

शुक्रबार केप टाउनमा भएको प्रतियोगिताको दोस्रो सेमिफाइनलमा उपाधि दाबेदार इंग्ल्यान्डलाई ६ रनले पराजित गर्दै अस्ट्रेलियासँगको उपाधि भेट पक्का गर्‍यो।

अब दक्षिण अफ्रिकाले उपाधिका लागि आइतबार अस्ट्रेलियासँग प्रतिस्पर्धा गर्ने छ। दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६४ रनको प्रतिस्पर्धात्मक स्कोर तयार गरेको थियो। १ सय ६५ रनको विजयी लक्ष्य लिएर मैदान उत्रिएको इंग्ल्यान्डले ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here