कृषि औजार कारखाना चलाउन महावीर पुनले २८ रोपनी जग्गा बेच्ने

काठमाडौं । कृषि औजार कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री गर्ने उनले फेसबुकमार्फत शनिवार घोषणा गरेका हुन् ।

उनले २०७३ साल साउनमा फेसबुकमा स्ट्याटस लेखेर नै त्यो जग्गा केन्द्रलाई दान दिएको घोषणा गरेका थिए। उनले लेखेका छन्, ‘पोखरा नजिक को २८ रोपनी जग्गा बिक्रीमा छ ! इच्छा र पैसा हुनेले किन्नु होस् !! यो जग्गा बेचेर आएको पैसा वीरगन्जको कृषि औजार कारखानामा र यो वर्ष गण्डकी प्रदेशमा गर्ने भनिएको कामहरूमा प्रयोग हुनेछ । जसरी भए पनि नबेची नछाड्ने हो।

उनका अनुसार त्यो जग्गा आवास देखी व्यवशायिक प्रयोजनका लागि समेत उपयुक्त छ। जग्गाको लालपुर्जाको अंश समेत राखेर अवस्थित बारे उनले लेखेका छन्, ‘यदि तपाईँहरूले डाँडाको टुप्पोमा होटेल रिसोर्ट खोल्न वा आश्रम बनाउन वा ध्यान केन्द्र बनाउन वा मनोरञ्जन पार्क बनाउन वा शान्त ठाउँमा प्राइभेट घर बनाएर जिन्दगी बिताउनको लागी जग्गा खोज्नु भएको छ भने तल फोटोमा देखाइएको २८ रोपनी जग्गा बिक्रीमा छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here