काठमाडौं । आइतबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।
यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ८५ पैसा र बिक्री दर १४० रुपैयाँ ४९ पैसा रहेको छ।बेलायती पाउण्ड एकको खरिद दर १५८ रुपैयाँ ९२ पैसा र बिक्री दर १५९ रुपैयाँ ६४ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २० पैसा र बिक्री दर ३६ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ७८ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ९२ पैसा रहेको छ।
भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ।