विश्व अर्थतन्त्रको मन्दीको असर नेपाली सेयर बजारमा

काठमाडौं । नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले विश्व अर्थतन्त्रमा आएको मन्दीका कारण नेपाली सेयर बजार पनि प्रभावित भएको बताएका छन् ।

पुँजी बजारको विषयमा रिपोर्टिङ गर्दै आएका आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि गर्ने उद्देश्य सहित नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने परिक्षण कार्यक्रम समापनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘अहिले सेयर बजारको परिसचुक किन घटिरहेको छ भनेर प्रश्न बारम्बार आइरहेको छ । यस मामलामा देश भित्रको अवस्था हेरेर मात्रै हुँदैन,’ उनले भने, ‘कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व अर्थतन्त्र समस्याग्रस्त भएको छ । त्यसको असरले नेपाली अर्थतन्त्र पनि प्रभावित भएको उनले जानकारी दिए । नेप्सले आगामी दिनमा नाफिजसँगको सहकार्य अझै दरिलो र सुदृढ बनाउने पनि बताए ।

कार्यक्रममा सीडीएस एन्ड क्लियरिङका सीईओ पूर्णप्रसाद आचार्यले पुँजी बजारका लागि केन्द्रीकृत ग्राहक पहिचान विवरण (सेन्ट्रल केवाईसी) लागू गर्ने तयारी भइरहेको बताए ।

‘लगानीकर्तालाई धेरै ठाउँमा केवाईसी भर्नुपर्दा झन्झटका साथै खर्च पनि उत्तिकै मात्रामा भएको छ,’ उनले भने, ‘सोही अवस्थालाई दृष्टिगत गर्दै पुँजी बजार भित्रको कुनै एक निकायमा केवाईसी भरेपछि, अर्काे ठाउँमा केवाईसी भर्न नपर्ने गरि नयाँ प्रविधि ल्याउने तयारी गरीरहेका छौ,’ उनले भने, ।

नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त भएपछि यो लागू हुने उने जानकारी दिए । साथै सो अवसरमा सीईओ कार्कीले अक्सन मार्केट सञ्चालन गर्न कार्यविधि बनाएर नेपाल धितोपत्र बोर्डमा स्वीकृतिको लागि पेश गरेको पनि जानकारी दिए ।

‘अक्सन मार्केट कार्यविधि सञ्चालन सम्बन्धी धितोपत्र बोर्डमा पेश गरेपनि स्वीकृति हुन ढिलाई भएको हो । त्यसैले यसमा केही गाह्रो पनि भएको छ,’ उनले भने, ‘उक्त कार्यविधि स्वीकृत भएर आएपछि अक्सन मार्केट पनि सञ्चालन हुनेछ ।’

यस्तै, पुँजीबजारमा गर्नुपर्ने काम अझै पनि धेरै रहेको उनले बताए । साथै, सम्भावना पनि उत्तिकै मात्रामा रहेको उनको भनाइ छ । ‘पुँजी बजारमा नयाँ नयाँ आयम ल्याउने विषयमा सम्भावना धेरै छ । हामीले गर्न पनि खोजेको छौं । तर, विभिन्न चुनौती आइरहेको छ,’ उनले भने, ‘तसर्थ, यसमा मिडियाबाट पनि सहयोगको अपेक्षा गरेका छौं ।’

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले सेटलमेन्ट ग्यारेन्टी फन्ड नहुँदा पनि ब्रोकर कम्पनीहरुले लगानीकर्ताको भुक्तानी समयमा गर्दै आएको बताए ।

‘नेपालको पुँजी बजारको इतिहासमा एकैदिन २२ अर्ब रुपैयाँसम्मको सेयर कारोबार हुदाँ पनि ब्रोकर कम्पनीहरुले सहज रुपमा समयमै राफसाफ गरेका थिए । तर, अहिले ब्रोकर कम्पनीले भुक्तानी दिँदैनन् भनेर विभिन्न आक्षेप पनि लाग्ने गरेको छ,’ उनले भने, ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकरले भुक्तानीमा ढिलाई गरेका छैनन्, यो बुझ्न आवश्यक छ ।

विदेशमा कतिपय ब्रोकर कम्पनीहरु राफसाफ नगरेर भागेको इतिहास छ । तर, नेपालीको हक आजसम्म प्राविधिक कारणले बाहेक कुनै पनि सेयर कारोबारको राफसाफ नभएको इतिहास छैन ।’ यसैगरी सेटलमेन्ट ग्यारेन्टी फन्ड र अक्सन मार्केट नहुदाँ ब्रोकरहरु मारमा परेको उनको भनाइ छ ।

समापन समारोहमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले पुँजी बजारबारे रिपोर्टिङ गर्दै आएका पत्रकारलाई यो कार्यक्रम उपयोगी भएको बताए । ‘यद्यपि, यो अझै पर्याप्त छैन । पुँजी बजारका विषयमा अझै धेरै आयामहरु बाँकी नै छ ।

तथ्यांकहरुबारे सिक्न बाँकी नै छ,’ उनले भने, ‘यो कार्यक्रमले पुँजी बजारबारे समाचार लेख्दै आएका पत्रकारलाई धेरै कुरा सिकाएको छ ।’ विशेषगरि पत्रकारलाई पुँजी बजारका नीति नियमन, अभ्यास तथा प्रविधिबारे जानकारी राख्न सहयोग पुगेको उनको भनाइ छ । साथै, पत्रकारहरुलाई तालिममा सिकेका कुरालाई पेशागत जीवनमा लागू गर्नुपर्ने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here