बलेफी हाइड्रोपावरले हकप्रद शेयर जारी गर्ने

काठमाडौं । बलेफी हाइड्रोपावर कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीको संचाल समितिको फागुन १२ गते बसेको १:०.५ शेयर अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल सञ्चालन गरी गरिरहेको आयोजनाको ऋण तिर्न गर्न हकप्रद शेयर निष्काशन गर्न लागेको हो।

विद्युत् नियमन आयोगको स्वीकृति र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि कम्पनीको हकप्रद शेयर निष्काशन प्रक्रिया अघि बढ्ने छ । त्यसपछि नेपाल धितोपत्र बोर्डबाट अनुमति लिनुपर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here