पल शाहले पाए सफाई, भोली रिहा हुँदै

काठमाडौं, १४ फागुन । अभिनेता पल शाहले सफाई पाएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई उच्च अदालत पोखराले सफाइ हो । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।

उनी भोली रिहा हुदैछन् । पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो ।

उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here