९ कक्षामा ३५ प्रतिशत नल्याए कक्षा चढ्न नपाउने

काठमाडौं । कक्षा नौमा अध्ययनरत विद्यार्थीले वार्षिक परीक्षामा ३५ प्रतिशत नल्याए माथिल्लो कक्षा चढ्न नपाउने भएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई)लाई लक्षित गरेर ल्याइएको उक्त निर्देशिका कक्षा नौका विद्यार्थीमा लागू हुन्छ कि हुँदैन भन्ने दुविधा विद्यालयमा थियो।

वार्षिक परीक्षामा बढीमा दुई विषयसम्म ननग्रेडेड प्राप्त गरेकाका लागि स्कुलले तत्काल मौका परीक्षा सञ्चालन गर्नुपर्नेछ।

पहिलो पटकको मौका परीक्षाबाट पनि नतिजा सुधार गर्न नसकेमा त्यस्ता विद्यार्थीले अर्को वर्षको चैतमा नियमित विद्यार्थीका लागि सञ्चालन हुने वार्षिक परीक्षामा आंशिक परीक्षार्थीका रूपमा सहभागी हुनुपर्नेछ। दोस्रो पटकको यो परीक्षामा उनीहरूले दुई विषयको मात्रै परीक्षा दिए पुग्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here