अझै पाएन अक्सन मार्केटले सञ्चालनको स्वीकृति

काठमाडौं । अक्सन मार्केट अर्थात दोस्रो बजारमा लिलामीमा सेयर किन्ने बिधीको कार्यविधि १ बर्षदेखि अड्किएको छ । अक्सन मार्केट सञ्चालनका लागि नेपाल स्टक एक्सचेन्ज नेप्सेले कार्यबिधि बुझाएको १ बर्ष हुँदापनि नियामक निकाय धितोपत्र बोर्डले स्वीकृति नदिएर अड्काएको हो ।

अक्सन मार्केटले सञ्चालनमा आएको अवस्थामा क्लोज आउट अर्थात बिक्री गरेको सेयर समयमा नपठाएबापत तिर्नुपर्ने जरिवानाको समस्या समाधान हुने सिडीएसका प्रमुख कार्यकारी अधिकृत पूर्णप्रसाद आचार्यले बताए । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको २ दिने परिक्षण कार्यक्रममा उनले यस्तो बतएका हुन् । ‘क्लोजआउटमा समस्या देखिएको भन्दै सो विधी सञ्चालन गर्न लागेको हो तर धितोपत्र बोर्डले स्वीकृति दिन आनाकानी गरिरहेको छ’ उनले भने ।

यता नेप्सेले भने स्वीकृति पाउने वित्तिकै मार्केट सञ्चालनको तयारी गरेको जानकारी दिएको छ ।

पछिल्लो समय बैंकका खाता खोलेपछी सजिलैसँग सेयरमा लगानी गर्न पाउने भएकोले पनि अक्सन मार्केटको आवश्यकता देखिएको छ । अक्सन मार्केट सञ्चालनमा आएपछी लगानीकर्ता र ब्रोकर दुवै पक्षलाई सजिलो हुनेछ । अहिले समयमै विक्री भएका सेयर पनि ट्रान्सफर नगरेको अवस्थामा क्लोज आउटमा पर्छ ।

यसरी लगानीकर्ताको खातामा सेयर पठाउन नसक्दा लगानीकर्ता र ब्रोकर दुवैलाई घाटा हुन्छ । कुनै सेयर विक्रेताले समयमा सेयर टा्रान्सफर नगर्दा ब्रोकरले क्रेताको डिम्याटमा सेयर पठाउन सक्दैन । यो बिधि सञ्चालनमा आएको अवस्थामा भने लगानीकर्ताले समयमै सेयर पाउन सक्छन् ।

कारोबारमा सहभागी बिक्रेता कारोबारीले कारोबार दिनभित्र आफ्नो सेयर ९धितोपत्र हस्तान्तरण० नगरेको वा गर्न नसकेको अवस्थामा ब्रोकर (धितोपत्र दलाल व्यवसायी)ले अक्सन मार्केटबाट खरिद गरी हस्तान्तरण गर्न सक्छन्।

अक्सन मार्केटमा ब्रोकरहरु मात्र सहभागी हुन सक्छन् । मार्केट सञ्चालनका लागि स्टक एक्सचेनजले निश्चित समय तोक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here