प्रहरीको भ्यानबाट हामफालेर अभियुक्त फरार

काठमाडौं । जबरजस्ती करणी मुद्दामा पक्राउ परेका धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरका २८ वर्षीय राजाबाबु मुखिया हतकडीसहित प्रहरीको भ्यानबाट हामफालेर फरार भएका छन्।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय फर्किंदै गर्दा आइतबार बेलुकी करिब ७ बजे यदुकुहास्थित कमला नहर नजिकबाट हामफालेर भागेको बताइएको छ।

प्रहरीबाट उम्केर धनुषामा एक महिनामै थुनुवा फरार भएको यो दोस्रो घटना हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here