शुरू भयो फागु पर्व, वसन्तपुरमा ठड्याइयो चीर

काठमाडौं । काठमाडौंको वसन्तपुर दरबार स्क्वायरमा विधिपूर्वक चीर ठड्याएर होली पर्वको शुरूवात गरिएको छ।

फागुपूर्णिमाको एक साताअघि अर्थात अष्टमीका दिन विधिपूर्वक चीरोत्थान गरेसँगै होली पर्वको शुरु भएको मानिन्छ। आज बिहान ७: ४५ बजेको साइतमा चीर ठड्याइएको छ।

अबको ८ दिनपछि अर्थात् फागु पूर्णिमाको दिन हर्षबढाइँ गरेर यो चीर ढालिन्छ। ढालिएको चीरलाई घिसार्दै टुँडिखेलमा लाने चलन छ। चीरको दहन गरेपछि औपचारिक रुपमा यस वर्षको होली सकिनेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here