सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ सकियो, आदेश आजै आउने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले तर्फबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ,अधिवक्ता सरोजकृष्ण घिमिरेका साथै सरकारको तर्फबाट सहन्यायधिवक्ता सञ्जीवराज रेग्मीसहितले बहस गरेसँगै सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ।

यससँगै सर्वोच्चले आजै आदेश सुनाउने तयारी गरेको छ । यसअघि आइतबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा बहस नसकिएपछि मुद्दा आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here