७ महिनामा पूर्वराष्ट्रपति यादव लिए उपचारका लागि २५ लाख रुपैयाँ

काठमाडौं । चालू आर्थिक वर्ष २०७९/८० को ७ महिनामा सरकारले साढे ५ करोड रुपैयाँ आर्थिक सहायता वितरण गरेको छ ।

जसमा पूर्वराष्ट्रपति डा.रामवरण यादवलाई औषधि उपचारका लागि २५ लाख रुपैयाँ निकासा गरेको छ ।

गएको कात्तिक ३ गते बसेको मन्त्रिपरिषद्को बैठकबाट यादवको औषधि उपचारका लागि रकम निकासा गर्ने निर्णय गरिएको थियो ।

सो निर्णयानुसार मन्त्रालयले कात्तिकमै २५ लाख रुपैयाँ औषधि उपचार खर्च निकासा गरिएको जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here