हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १ लाख राहत

काठमाडौं । हात्तीको आक्रमणबाट मृत्यु भएकाको परिवारलाई १/१ लाख रुपैयाँ राहत दिने वाग्मती प्रदेश सरकारले निर्णय गरेको छ। मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकले

हात्तीको आक्रमणबाट मृत्यु भएका मकवानपुरको मनहरी-४ की ६४ वर्षीया राधा अधिकारी, बकैया-५ का सन्तलाल माझी र कमलामाई-१३ सिन्धुलीका ४० वर्षीय डण्डपाणी पौडेलको परिवारलाई क्षतिपूर्ति स्वरुप १/१ लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

अधिकारीको ८ गते, माझीको ११ गते र पौडेलको १३ गते हात्तीको आक्रमणबाट मृत्यु भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here