चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार, केही दिन आइसियुमै राखिने

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीको शरीरको तापक्रम, मुटुको धड्कनको गति, श्वासप्रश्वास र रक्तचाप सामान्य अवस्थामा छन् भने दाँया र बाँया हातका केही भाग तथा औंलाको सर्जरी गरिएको छ।

सर्जरी‌ गरेका कारण केही समय आइसियुको निगरानीमा राख्नुपर्ने प्रोटोकोल भएकाले हाल आइसियुमा राखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here