आफ्नै डेरामा बस्ने बालिका बलात्कारको आरोपमा एक जना पक्राउ

काठमाडौं । प्रहरीले आफ्नै डेराकोठामा बस्ने १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ ।

भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं १ लोकन्थलीमा डेराकोठामा बस्ने दोलखा मेलुग गाउँंपालिका वडा नं ५ घर भएका वर्ष २३ का जय भन्ने श्री थापालाई पक्राउ गरेको हो । पीडितका आफन्तले दिएको जाहेरी दरखास्तका आधारमा उनलाई पक्राउ गरेको भक्तपुर प्रहरी परिसरले जनाएको छ ।

उनले फागुन ७ गते बलात्कार गरेको आरोप रहेको परिसरका सूचना अधिकारी कुमारप्रसाद मैनालीले जनाए । मध्यपुर थिमि नगरपालिका वडा नं ६ पुरानो थिमिबाट नियन्त्रणमा लिई जबरजस्ती करणी कसुरमा जिल्ला अदालत भक्तपुरमा पेश गरेको र अदालतले ६ दिन म्यान थप गरी प्रहरी वृत थिमि भक्तपुरमा राखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here