शुरु भयो प्रि-मनसुन, पानी नपरी बित्यो हिउँदयाम

काठमाडौं । यस वर्षको हिउँदयाम पानी नपरी सकिएको छ । हिउँदमा १४ वर्ष यताकै कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

यसपालि हिउँदयाम सकिने बेलामा केही दिन अघि मात्रै काठमाण्डौ, पोखरासहित केही ठाउँमा सामान्य वर्षा भएको छ । यसअघि माघ महिनामा पश्चिमी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा भएको थियो । यसपालि उच्च पहाडी र हिमाली जिल्लामा पनि खासै हिमपात हुन सकेन । मार्च १ तारिख अर्थात् आजदेखि हिउँदयाम सकिएर प्रि–मनसुन सुरु भएको मानिन्छ ।

आजदेखि सुरु हुने प्रि–मनसुनको अवधि मार्च, अप्रिल र मे गरी तीन महिनासम्म रहने छ । त्यसपछि मनसुन सुरु हुन्छ । प्रि मनसुनमा दिउँसो पनि मेघगर्जन–चट्याङका साथै हावाहुरी र असिना पानीको सम्भावना हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here