स्थापनाको ६ वर्षपछि प्रदेश १ को नामकरण ‘कोसी’, विपक्षमा ४ मत

काठमाडौ । स्थापनाको ६ वर्षपछि प्रदेश नम्बर १ ले प्रदेशका नामकरण गरेको छ। संघीय संरचनामा निर्वाचन भएको पहिलो कार्यकालमा नाम टुंगो लगाउन नसकेको प्रदेश सभाले बुधबार अबेर बहुमतका आधारमा नाम टुंगो लगाएको हो।

नाम कोसीको पक्षमा ८२ जना प्रदेश सभा सदस्यले मतदान गरेका छन् । विपक्षमा ४ मत खसेको छ । ९३ जना प्रदेश सभा सदस्य रहेको प्रदेश सभामा ८२ जना सांसदले कोसीको पक्षमा मत हालेपछि प्रदेशको नाम कोसी राखिएको हो ।

यो मत प्रदेश सभा सदस्यको दुई तिहाइ मत हो । समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले हालेको संशोधन प्रस्ताव पुनः अस्वीकार गरेको थियो ।