बीपीडब्ल्यू लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं । बीपीडब्ल्यू लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ८० लाख ९५ हजार रुपैयाँ बराबरको ८० हजार ९५० कित्ता साधरण सेयर (आइपीओ) विक्री खुला गर्ने गरेको छ ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा फागुन २३ गतेसम्म आवेदन दिन पाइनेछ । धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट ‘सी आस्वा’ प्रणालीअनुसार तथा अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर सेयर खरिदको आवेदन दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here