सार्वजनिक सेवाका कर्मचारीलाई खाजा समय आधा घण्टामात्रै

काठमाडौं । सरकारले निजामती र सार्वजनिक सेवाका कर्मचारीहरुलाई कार्यालय समयमा आधा घण्टामात्रै खाजा खाने समय तोकेको छ ।

सार्वजनिक विदा र विदाका दिन कार्यालय खोल्ने प्रस्तावमा कर्मचारीहरुलाई खाजा सम्बन्धी व्यवस्था समेत थपिएको हो । कार्यालय समयमा खाजा खाने (१:३० देखि २ बजे सम्म) आधा घण्टा समय तोकेको छ ।

गत सोमबार मन्त्रिपरिषदबाट निर्णय भएको प्रस्तावमा भनिएको छ, ‘खाजा समय– दिउँसो १:३० देखि २ बजेसम्म ।’

यसअघि सरकारी कार्यालयहरुमा खाजा खाने समयमा एकरुपता नभएको र कतिपय कार्यालयका कर्मचारीहरुले खाजा खाने समयको निउपरि एक घण्टासम्म काम नगरेको भनी आलोचना हुने गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here