चन्द्र भण्डारीलाई डिलक्स इकाइमा‌ सारियो, भेटघाटमा अझै कडाइ

काठमाडौं । ग्यास सिलिण्डर चुहिएर आगलागी हुँदा घाइते भएका नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ ।

भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचाररत भण्डारीलाई औषधिले धेरै राम्रो काम गरिरहेको छ भने सबै स्वास्थ्य पारामिटरहरु सामान्य छन् र ज्वरो पनि आएको छैन । ठोस खानेकुरा खान सुरु गरिएको छ भने उच्च हेरचाहको लागि डिलक्स इकाइमा‌ सारिएको छ । भेटघाटमा अझै कडाइ गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here