बालेनको कविता-‘देश जमिन कि मान्छे,अन्नको मालिक किसान कि भान्से’?

काठमाडौं । काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाहले कवितामार्फत भावना व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमा उनले भनेका छन्- अध्यारो रात पछी जहिले बिहानी आउँछ? विदेशीवाद माथि कस्ले सिरानी लाउँछ ? देश के हो ? जमिन कि मान्छे ? अन्नको मालिक किसान कि भान्से ? यो वायु,आकाश,यो मिति यो राज्य ,जवाब , यो निती , यो प्रभावले कस्को कहाँनी सुनाउँछ ? अध्यारो रात पछी कहिले बिहानी आउँछ ? केही दिअघि आफूलाई महानगरपालिकाको मेयर पद छाड्न दबाब आइरहेको फेसबुकमार्फत अभिव्यक्ति दिएका बालेनले आज आशा र निराशामिश्रित कविता लेखेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here