जीवन विकास लघुवित्तको लाभांश संशोधन

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई दिने भनिएको ३७.३६८४ प्रतिशत लाभांश संशोधन गरिएको हो ।

जीवन लघुवित्तले यसअघि २८ प्रतिशत बोनस सेयर र ९.३६८४ प्रतिशत नगद लाभांश गरी कुल ३७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो । तर, लघुवित्तले फागुन १९ गते पुनः सञ्चालक समितिको बैठकबाट लाभांश संशोधन गरी ३३.१५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

लघुवित्तले संशोधन गरेको लाभांशमा २६ प्रतिशत बोनस सेयर र ७.१५ प्रतिशत नगद लाभांश रहेको छ । लघुवित्तले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here